काठमाडौं, साउन १६ । पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ। यसमा सचेत हुन मन्त्रालयले आग्रह गरिएको छ।
समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढी देखिएको छ। प्रहरी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिनु यसको ज्वलन्त उदाहरण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५३१६ सक्रिय संक्रमित रहेका छन्।
मास्क नलगाई हिड्ने २ लाख जनालाई कारबाही गरिएको छ। हिजो विदेशबाट ६५९ जना व्यक्ति नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ।


























