हेटौंडा, साउन १६ । हेटौंडा ५ राईटोलमा करेन्ट लागेर शुक्रबार विहान एक मयुरीचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बकैया–७ घर भएर हाल हेटौंडा–५ डेरा गरी बस्ने ६८ वर्षीय पदमबहादुर दोङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादर रानाले बताए।
करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको डीएसपी रानाले बताए। उनलाई मयुरीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो।
Facebook Comments


























