काठमाडौं, साउन १६ । उच्च अदालत जनकपुरका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।
५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ। अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि अदालतका काम कारबाही साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ। उच्च अदालतले जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँगको परामर्शपछि यस्तो निर्णय गरिएको जनाएको छ।
यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको थियो।
Facebook Comments

























