काठमाडौं, साउन १६ । निर्देशक दीपेन्द्र के खनालले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन्।
सरकारले लकडाउन खुला गरेसँगै फिल्मकर्मी नयाँ फिल्मको घोषणा गर्न लागिसकेका छन्। यसैबीच दीपेन्द्रले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मको तयारीमा रहेको बताएका हुन्।
सामाजिक कथावस्तुमा बन्ने फिल्मको नाम ‘लकडाउन’ र ‘चिसो मान्छे’ राखिएको छ। दुवै फिल्मको लेखन तथा निर्देशन दीपेन्द्रले गर्नेछन्।
दुवै फिल्म बिहीवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ।
यसअघि दीपेन्द्रले फिल्म ‘आमा’ निर्देशन गरेर वाहवाही पाएका थिए। ‘लकडाउन’ र ‘चिसो मान्छे’ शर्मिला पाण्डेको लगानी रहने छ। कलाकारको भने अझै चयन भएको छैन।
Facebook Comments


























