चितवन, साउन १६ । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ।
पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो।
गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
Facebook Comments


























