साउन १५ । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एण्ड होभ एल्वियनले डच डिफेन्डर जोएल भेल्टमानलाई अनुबन्ध गरेको छ।
ब्राइटनले २० वर्षीय डिफेन्डरलाई डच क्लब आयाक्सबाट अनुबन्ध गरेको हो।
सेन्टर डिफेन्डर भेल्टमानले ब्राइटनसँग तीन वर्षे सम्झौता गरेका छन् । भेल्टमान अनुबन्धको मूल्य भने गोप्य राखिएको छ। भेल्टमानले सन् २०१२ मा आयाक्समा डेब्यु गरेका थिए।
उनले आयाक्सका लागि २ सय खेलमा १० गोल गरेका छन्।
भेल्टमानले आयाक्सबाट तीन लिगको उपाधि जित्नुका साथै च्याम्पियन्स लिग खेलेका छन्।
भेल्टमानले नेदरल्यान्ड्सका लागि २२ खेल खेलेका छन्। एजेन्सी
Facebook Comments


























