काठमाडौं, साउन १२ । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन्।
निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो।
सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्विप उल्लंघन गरेका कारण पार्टीले कारबाही गरेको थियो।
अब प्रतिनिधिसभाको सभामुखले नव निर्वाचित सांसद सिटौलालाई शपथ ग्रहण गराउने छन्। सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
Facebook Comments


























