वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ।
वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु भएको हो। स्थानिय व्यापारी रहेको मृतक लामो समयदेखि मुटु र मधुमेहसंग लड्दै आएका थिए।
गत शनिबार मात्रै अस्पताल भएका उनीमा कारोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको शंका लागेर स्वाब संकलन गरिएको थियो। संकलित स्वावको परिक्षणमा आरडिटी पोजेटिभ देखिएपनि पीसीआर परिक्षणको रिपोर्ट भने आएको छैन।
जिल्लामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ।
Facebook Comments


























