बाग्लुङ, साउन ११ । बाग्लुङ नगरपालिका–१ खनिया घाटमा शनिबार राती गएको सुख्खा पहिरो खस्दा दुई बेपत्ता भएका दुई चालक मध्ये एक जनाको शव फेला परेको छ।
ट्याक्टर चालक रोशन किसानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा खोजी तीव्र भइरहेको रिजालको भनाई छ। लगातार पहिरो खस्दा उनीहरुको उद्दारमा कठिनाइ भएको बताइएको छ।
मध्यपहाडी लोकमार्गको रामरेखा खण्डका लागि ग्राभेल सामग्री निकाल्ने क्रममा गएको सुख्खा पहिरोले एक स्काभेटर, एक ट्रिपर र एक ट्रयाक्टर पुरिदा दुई चालक वेपत्ता भएका हुन्।
Facebook Comments


























