साउन ११ । अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको ८८ वर्षको उमेरमा निधन भएको छ।
फिलविनको निधन भएको उनको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ। टक सो होस्ट, अभिनेता र प्रस्तोता फिलविनले सन् १९५० को मध्यतिरबाट टेलिभिजनमा काम गर्न थालेका थिए।
उनी ‘लाइभ विथ रिजस’ नामक टक सोबाट चर्चित थिए। उनले ‘हू वान्ट्स टू बी अ मिलिनिएर’ नामक चर्चित टेलिभिजन कार्यक्रम पनि सञ्चालन गरेका थिए। सन् २०११ मा उनले अवकास लिएको घोषणा गरेका थिए।
उनले २५ वर्ष भन्दा बढी समयसम्म टेलिभिजनमा काम गरेका थिए। एजेन्सी
Facebook Comments


























