रौतहट, साउन १० । रौतहटमा भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार घाइते भएका छन्। शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि स्थिती तनावपूर्ण बनेको हो।
सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि एक भारतिय महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी थिइन्। उनको आक्रमणमा परेर सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार लिला बहादुर थापा घाइते भएका छन्। उनको दाहिने हातको कुहिना काटिएको छ। उनी बौद्धिमाइ नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार पश्चात ड्युटीमा फर्किसकेका छन्। उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























