साउन १० । फर्मूला वानका तीन ठुला प्रतियोगिता रद्द भएको छ।
कोरोना भाईरसको कारण युएस, मेक्सिकन र ब्राजिलियन ग्राण्ड प्रिक्स रद्द गरिएको हो।
फर्मुला वानले शनिबार यस वर्ष तीन प्रतियोगिता नहुने जनाएको छ।
टेक्सासमा हुने युएस ग्राण्ड प्रिक्स अक्टोबर २३ मा हुने तालिका रहेको थियो। त्यसको एक सातापछि मेक्सिकन ग्राण्ड प्रिक्स हुने तय थियो।
यस्तै ब्राजिलियन ग्राण्ड प्रिक्स नोभेम्बर १३ मा हुने तालिका रहेको थियो।
त्यस्तै क्यानेडियन ग्राण्ड प्रिक्स समेत रद्द हुन सक्ने बताईएको छ।
कोरोनाकै कारण जुनमा हुने क्यानेडियन ग्राण्ड प्रिक्स स्थगित गरिएको थियो। एजेन्सी
Facebook Comments


























