उदयपुर, साउन १० । आफ्नै बन्दुकले आफैलाई हान्दा उदयपुरमा एक व्यक्तिको ज्यान गएको छ। मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन्।
शुक्रबार राति ८ः३० बजेतिर घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिएका छन्। घटना थप अनुसन्धान भइरहेको उनले बताए।
आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए। एक वर्षअघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन्।
Facebook Comments


























