वीरगन्ज, साउन ९ । वीरगन्जमा साउन १० गते अर्थात् भोलि शनिवार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहिँतको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो।
यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी बिरगंज महानगरपालिका वडा नं ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ।
मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा.निरज सिंहले जानकारी दिए।
त्यस्तै मंगलवार कोरोना अस्पताल मैं उपचार गराई रहेका बिरगंज महानगरपालिका वडा नं ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो।
कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको विहिवार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो।
पर्सा जिल्लामा यस अघि विहिवार राती ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ।


























