साउन ९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी गरिएको छ।
यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु भएर नोभेम्बर ८ मा फाईनल खेलाउने तयारी गरिएको हो।
एसिया कप र टी–२० विश्वकप यस बर्ष रद्ध भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो।
आईपीएलका फ्रेन्चाईज टिमलाई यसबारे जानकारी दिईएको छ। केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ।
यसअघि बीसीसीआईका एक अधिकारीले बोर्डका सदस्यहरु यूएईको एयरलाईन्स अमीरात र ईतिहादसंग सम्पर्कमा रहेको बताएका थिए।
बोर्डले अगष्टको बिषयमा जानकारी माग गरेको छ। फ्रेन्चाईज टिमलाई अगष्टमा अन्तिममा यूएई लैजाने तयारी गरिएको छ।
बीसीसीआईका अधिकारीका अनुसार बोर्डसंग सम्बन्धित टिमले यूएईमा अमिरात, ईतिहाद जस्ता एयरलाईन्ससंग सम्पर्क गरेर विमान सेवा सुरु गर्ने बिषयमा छलफल गरेको छ।
उसले भारतको दिल्ली, मुम्बई र कोलकत्ता जस्ता शहरमा विमान सेवा सुरु गर्ने बिषयमा एयरलाईन्सको योजनामा छलफल गरिरहेका छन्।
आईपीएलको गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले एक अन्तरवार्तामा यस बर्षको आईपीएल यूएईमा आयोजना गरिने बताएका थिए।
भारतमा बढ्दो कोरोनाको संक्रमणका लागि यस निर्णय गरिएको बताईएको छ। अर्को हप्ता आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा आईपीएलको तालिका र थप आवश्यक निर्णय लिईने बताईएको छ। एजेन्सी


























