धादिङ, साउन ६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सोमबार मध्यराति पहिरोले घर पुरिदा २५ वर्ष हाराहारीका मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना र उनीहरूको एक सन्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरोले बाँकी ५ घर जोखिममा परेपछि त्यहाँ बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा राखिएको बताइएको छ।
Facebook Comments


























