धनुषा, साउन ५ । जनकपुर उपमहानगरपालिका ९, जनकपुरधामबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ८, बजरंग चोकमा डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका ८, बसतपुरका २१ वर्षीय सुनीलकुमार अधिकारी छन्।
जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट हतियार फेला पार्दा पक्राउ गरेको हो।
Facebook Comments


























