साउन ३ । इटालियन सिरी ‘ए’ फुटबलमा आज (शनिबार) एसी मिलानले बोलोग्नासँग प्रतिस्पर्धा गर्दैछ।
शीर्ष पाँचका लागि संघर्ष गरिरहेको मिलानले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ। दुई टोलीबीचको खेल राति साढे १ बजे सुरु हुनेछ।
घरेलु मैदानमा जित निकाल्दै मिलान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। लिगको सातौं स्थानमा रहेको मिलानले ५३ अंक जोडेको छ।
बोलोग्नालाई पराजित गरेमा मिलान लिगको छैटौं स्थानमा उक्लनेछ।
४३ अंक जोडेको बोलोग्ना लिगको दशौँ स्थानमा रहेको छ। मिलानलाई हराएर बोलोग्ना पनि अंक तालिका सुधार गर्न चाहन्छ।
सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा एटलान्टाले भेरोनासँग खेल्नेछ।
एटलान्टा घरेलु मैदानमा जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ। तेस्रो स्थानको एटलान्टाले ७० अंक जोडेको छ।
त्यस्तै काग्लियारीले सासुलोसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























