मुगु, साउन ३ । सोरु गाउँपालिकाका खरिदार (स्टोर किपर) ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन्। जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले गाउँपालिकाबाटै पक्राउ गरेको हो। गाउँपालिकाबाट सरुवा भइ गएका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सिंहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए।
गत असोज महिनामा सोरुस्थित सिपगाउँका केही व्यक्तिले आक्रमण गरी सख्त घाइते बनाएपछि उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका हुन्। अदालतको आदेशअनुसार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए। उनका अनुसार सिंहलाई आइतबार अदालतमा बुझाइनेछ।
Facebook Comments


























