नवलपरासी, साउन ३ । नवलपरासी जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित आफ्ना खेलाडीलाई राहत वितरण गरेको छ।
संघले शनिबार ३१ महिला र पुरुष खेलाडीलाई राहत वितरण गरेको हो । संघले ३१ खेलाडीलाई जनही ३ हजार राहत उपलब्ध गराएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आएको ७५ हजार र अन्य रकम थप गर्दै संघले खेलाडीलाई राहत दिएको हो।
एन्फाले कोरोना प्रभावित जिल्ला संघ र क्लबलाई समान ७५/७५ हजार प्रदान गरेको थियो।
Facebook Comments


























