पाल्पा, साउन ३ । रिडी खोलाले बगाएर सन्धिखर्क नगरपालिका–८, किमडाँडाका ४० वर्षीय देवबहादुर मुखियाको मृत्यु भएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीको पटवाचौरमा रिडीखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।
भुवनपोखरीबाट घर फर्किने क्रममा मुखिया शुक्रबार खोलाले बगाएर बेपत्ता भएका थिए। खोजी कार्य गर्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–५, मनभाकस्थित रिडी खोलामा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मुझुङका प्रहरी सहायक निरीक्षक भोला कुँवरको नेतृत्वमा खोजी कार्य गर्दा मृत अवस्थामा भेटि आफन्तले शव बुझेका छन्।
Facebook Comments

























