साउन ३ । एफए कप फुटबलको पहिलो सेमिफाइनल खेल आज (शनिबार) हुँदैछ।
एफए कपको पहिलो सेमिफाइनलमा दुई ठुला क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
वेम्बली स्टेडियममा हुने सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति साढ् १ बजे सुरु हुनेछ।
दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।
आर्सनल एफए कपमा कीर्तिमानी १३ पटकको च्याम्पियन हो। त्यसैले आर्सनल सिटीलाई हराएर एफए कपको अर्को उपाधि नजिक पुग्न चाहन्छ।
तर, साविक विजेता सिटीलाई हराउँन आर्सनललाई सहज भने छैन। प्रिमियर लिगको उपाधिबाट बन्चित भएको सिटीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
यस्तै सिटी यस सिजन पनि एफए कप जित्ने लक्ष्यमा रहेको छ। गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो।
पछिल्लो सात भेटमा आर्सनलविरुद्ध सिटी अपराजित रहेको छ। जसको कारण सिटी उच्च मनोबलमा हुनेछ।
आर्सनलले क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो। सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २-० ले हराएको थियो।
सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ।
चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ।
चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो। एजेन्सी


























