काठमाडौं, साउन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलमा देखिएको विवाद नितान्त व्यक्तिगत भएको बताएका छन्। उनले नेकपाको विवाद नीति, पद्धति र प्रणालीका लागि नभएर व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका हुन्।
उनले नेकपाका नेताहरुलाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न आग्रह पनि गरेका छन्। थापाले ट्विटरमा लेखेका छन्, ‘सत्तारुढ दल नेकपाको विवाद नीति/पद्धति/प्रणालीबारे होईन, नितान्त व्यक्तिगतरव्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ। अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन। सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नोस्। होइन भने जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नोस्।’
Facebook Comments


























