काठमाडौं, साउन ३ । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ।
उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाको कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केक काटेर वार्षिकउत्सव मनाएको छ। त्यस्तै कम्पनीले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ।
कम्पनीको प्रधान कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन्। २५ औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभर छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ।
कम्पनीकोे चुक्ता पुँजी हाल रु। १ अरब १२ लाख २२ हजार पुगेको छ। आ.व. २०७६÷७७ को असार मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु। २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमांश शुल्क संकलन गरेको छ।
Facebook Comments


























