साउन ३ । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक टोकियो ओलम्पिकले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन जुलाई २३ मा हुनेछ।
यदयपि खेलका प्रतिस्पर्धा भने जुलाई २१ देखि नै सुरु हुनेछन्। कोरोना भाइरसको महामारीले एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। अगस्ट ८ सम्म चल्ने प्रतियोगितामा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
यसअघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको थियो। एजेन्सी
Facebook Comments


























