काठमाडौं, साउन २ । अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालू आर्थिक वर्ष देखि जुनकुनै अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ। यस अघि अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क लाग्दै आएको थियो।
कोभिड–१९सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो। तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो।
सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीति मार्फत सम्बोधन गरेको छ।
Facebook Comments


























