साउन २ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ। शुक्रबार हुने एक मात्र खेलमा वेस्ट ह्याम युनाइटेड र वाट्फोर्डबीच प्रतिस्पर्धा हुनेछ।
वेस्ट ह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। लण्डन स्टेडियममा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
रेलिगेसन क्षेत्र नजिकै रहेका दुवै टिम जितसहित रेलिगेसनबाट बच्न चाहन्छ। लिगको दुई बाँकी रहदा वेस्ट ह्याम ३४ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
यस्तै वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























