पोखरा, साउन २ । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन्। आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन्।
शुक्रबार थपिएका संक्रमितमध्ये तनहूँको म्याग्देमा र भानु नगरपालिकामा २/२ जना। यसैगरि, ब्यासमा ३ जना पुरुष संक्रमित रहेका छन्। नवलपुरमा थपिएका संक्रमितमध्ये गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन्। नवलपुरको रिपोर्ट हिजो अबेर प्राप्त भएको हुनाले शुक्रबार सार्वजनिक गरिएको निर्देशनालयले जनाएको छ।
प्रदेश क्षय रोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थय प्रयोगशाला हेटौंडामा संक्रमितहरुको स्वाब जाँचिएको थियो।
Facebook Comments


























