काठमाडौं, असार ३१ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ। एन्फाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै वेबसाइट सार्वजनिक गरेको हो।
एन्फाले सार्वजनिक गरेको नयाँ वेबसाइटमा फिफा अध्यक्ष र एएफसीका अध्यक्षले पनि बधाई तथा शुभकामना दिएका छन्। राष्ट्रिय योजना आयोगका अध्यक्ष महेन्द्र गुरुङले नयाँ वेबसाइट सार्वजनिक गरेका हुन्।
नयाँ वेबसाइटमा विभिन्न किसिमका नयाँ फिचरहरू पनि थपिएको छ।
Facebook Comments


























