असार २९ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले आज (सोमबार) टोरिनोसँग प्रतिस्पर्धा गर्दैछ।
इन्टरले घरेलु मैदानमा टोरिनोको सामना गर्नेछ। दुई टोलीबीचको खेल राति १स्३० बजे सुरु हुनेछ।
घरेलु मैदानमा जित निकाल्दै इन्टर शीर्ष तीन टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ।
यस्तै इन्टर जित निकाल्दै तेस्रो स्थानमा उक्लन चाहन्छ। तुलनात्मक कमजोर टिम टोरिनोलाई पराजित गरेमा इन्टर तेस्रो स्थानमा उक्लनेछ।
चौंथो स्थानको इन्टरले ३१ खेलमा ६५ अंक जोडेको छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक रहेको छ।
घरेलु मैदानमा जित निकालेमा इन्टरले दोस्रो स्थानको लाजियोसँग अंक बराबरी समेत गर्नेछ। लाजियोको ६८ अंक रहेको छ।
यता, टोरिनो घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा हुनेछ। टोरिनो जित निकाल्दै अंक तालिका सुधार गर्न समेत चाहन्छ।
१६ औं स्थानमा रहेको टोरिनोको ३४ अंक रहेको छ। एजेन्सी


























