रामेछाप, असार २९ । रामेछाप नगरपालिका–६ डाङसिंटार बस्ने ४० वर्षीय इन्द्रबहादुर थापा मगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
थापा मगरले मकै बारीमा बाँदर धपाउनका लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।
Facebook Comments


























