चितवन, असार २७ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्।
प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायतका षिषयमा जनताको अवस्था बुझ्न अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन्। उनले नारायणी नदीले कटान गरेको मेघौली क्षेत्रको अवलोकन गरेका छन्।
पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वमा केन्द्रीत रहेका उनी स्थायी समिति बैठक एक साताका लागि स्थगित भएपछि शनिबार गृह जिल्ला पुगेका उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।
नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ। अविरल वर्षापछिको अवस्थालाई ध्यान दिँदै बैठक स्थगित गरिएको जनाइएको छ।
Facebook Comments


























