असार २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ।
बिहीबार राति भएको खेलमा टोटेनहम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो।
बर्नेमाउथको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो।
यस्तै खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो। तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएन्।
विल्सनले गोल गर्नु अघि बर्नेमाउथका जोसुवा किङले ह्यान्ड गरेको कारण गोलले मान्यता नपाएको हो।
बर्नेमाउथसँगको बराबरीसँगै टोटेनहमले ४९ अंक जोडेको छ। टोटेनहम लिगको नवौं स्थानमा रहेको छ।
बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै एभर्टनले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ। एजेन्सी
Facebook Comments


























