असार २६ । अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई अमेरिकाले प्रतिबन्ध लगाएको हो।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चेन अमेरिकाको प्रतिबन्ध खेप्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन्।
युगुर मुसलमानको मानव अधिकार हनन हुने गरीको ज्यादतीमा चेन योजनाकार रहेको अमेरिकाले दाबी छ।
यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका लागि चीनले शिन्जियाङ्गका महिलाहरुलाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो।
चीनले भने अल्पसंख्यक मुसलमानमाथि कुनै पनि किसिमको ज्यादती नगरेको बताउँदै आएको छ। एजेन्सी
Facebook Comments


























