चौतारा, असार २५ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका- ५ जम्बु र भोटेकोशी गाउँपालिका – ५ बुलकोटेमा गए रातिको बाढीपहिराले वेपत्ता भएका २० जनाको पहिचान खुलेको छ।
पहिचान हुनेमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन्।
त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन्। बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ। दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन्। भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

























