चितवन,असार २५ । नारायणगढको शहिदचोकमा रहेको एक औषधि गोदाममा आगलागी भएको छ।
भरतपुर महानगरपालिका ३ शहिदचोकको औषधि गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अहिले दमकल,प्रहरी र स्थानियले आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ।

Facebook Comments

























