बैतडी, असार २४ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि खुल्ने भएको छ। दुई देशबीचको स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खोल्न लागिएको हो।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोलेको जानकारी दिए।
Facebook Comments


























