काठमाडौं, असार २३ । नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ। यसैबीच आज पनि उनीहरु भेटवार्ता गर्दैछन्। बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भेटवार्ता हुन लागेको हो।
यस अघि दुई अध्यक्षबीच सोमबार पनि ‘वन टु वन’ वार्ता भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा छलफल चले पनि कुनै निष्कर्ष निस्किएन। उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो। तर के के सहमति भयो भन्ने विषय भने सार्वजनिक भएन।
उनीहरुवीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको भनिएको छ। नेकपामा भएको पछिल्लो विवादले यतिबेला सबैको ध्यान खिचेको छ भने समस्या समाधान गर्न पनि सबैले आआफ्नो प्रयास जारी राखेका छन्।
Facebook Comments


























