काठमाडौं, असार २३ । नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिलगायतका लागि आज (मंगलबार) अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।
बैठकको मुख्य एजेण्डा नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने रहेको छ। पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच बढेको दूरीका बीच नयाँ प्रहरी प्रखुम छनौट हुँदैछ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदै छन्। उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउने छन्।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्। थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन्।
दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन्। त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए। प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ। सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।
नेपाल प्रहरीको २८ औं महानिरीक्षक ९आईजी० चयन गर्न दुई दिन मात्रै बाँकी छ। सत्तारुढ नेकपाभित्रको विवादमा लामो समय नखुलेका गृहमन्त्री रामबहादुर थापा समेत गत सातादेखि प्रधानमन्त्रीको विपक्षी कित्तामा खुलेर लागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने खेमाको भेलाहरुमै गृहमन्त्री थापा सहभागी भएका छन्। यो अवस्थामा प्रधानमन्त्री र गृह मन्त्रीबीच सौहार्द रुपमा परामर्श भई प्रहरी महानिरीक्षक (आईजी) तोक्ने कुरामा प्रश्नचिन्ह भने देखिएको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











