असार २३ । दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको पृष्ठभूमिमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकाछन्।
सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्य बनाउन दुवै देश सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। केहि समय अघि दुई देशको सिमावर्ती लदाखमा चिनियाँ सेनाको कारबाहीमा भारतीय सैनिक मारिएपछि चीन भारत तनाव चर्किएको छ।
घटनालगत्तै दुवै देशले त्यस क्षेत्रमा द्वन्द्व नचाहेको र स्थिरताका लागि आफूहरु तयार रहेको बताएका थिए। भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेपछि कारबाही गरिएको चिनियाँ विदेश मन्त्रालयले बताएको थियो।
सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा एक साताअघि डोभलले यीलाई टेलिफोन गरेकाथिए। सीमा विवाद समाधान गर्ने विषयमा गठित विषेश संयन्त्रका लागि डोभल र यी दुई देशका आ-आफ्ना प्रतिनिधि छन्।
भारतको विदेश मन्त्रालयले हिजो निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधीले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख गरिएको छ। छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो। यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारि गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ। एजेन्सी


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







