चितवन । हरियाली चितवन अभियान अन्तर्गत वे ग्रुप नेपालको संयोजनमा चितवन जिल्लाका विभिन्न स्थानमा बिरुवा वितरण भइरहेको छ। विशेष गरी भरतपुर महानगरपालिकाभित्रका विभन्न वडाहरुमा बिरुवा वितरण गर्दै आएको वे ग्रुप नेपालका कार्यक्रम व्यवस्थापन संयोजक बिजय सापकोटाले जानकारी दिए।

पहिलो चरण अन्तर्गत भरतपुर महानगरका २, ४, ५, ७, १०, ११, १२ का करिब २ सयभन्दा बढी टोल तथा सामुदायिक वनहरूमा गरी करिब १२ हजार भन्दा बढ़ी बिरुवा वितरण भइसकेको उनले बताए। उनका अनुसार दोश्रो चरण अन्तर्गतका वितरण कार्य भने असार २५ गतेदेखि हुनेछ। जारी अभियानमा कृषि ज्ञान केन्द्र चितवन, जिल्ला वन डिभिजन कार्यालय चितवन र चुरेभावर संरक्षण केन्द्र चितवनले बिरुवा उपलब्ध गराएका छन्।

आँप, रुख कटहर, लिची, कागती, अम्बा, अनारलगायत फलफुल एवम् अमला, हर्रो, शीतलचिनी, एभोकाडो, जामुनलगायतका औषधिजन्य बिरुवा वितरण भैरहेका छन्।




























One Comment
Dipak sapkota
Jaya hos sabai lai.