काठमाडौं, असार २२ । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थानमा हासिल गरेको छ।
नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित कुल १८ पदक जित्दै तेस्रो स्थान हासिल गरेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए।
भारत ११ स्वर्ण, ११ रजत र २५ कास्य सहित च्याम्पियन बन्यो। १० स्वर्ण, ५ रजत र ७ कास्य जितेको ईरान दोस्रो भयो।
ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो।
अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्।
यस्तै सिनियर क्याटेगोरीमा पुरुष तर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत हात पारे।
यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जितेका छन्।


























