काठमाडौं, असार २२ । शुल्कको विषयमा लिएर आन्दोलनमा उत्रिएको निजी विद्यालयहरुले आन्दोलन स्थगित गरेका छन्। जेठ महिना देखिको अतिरिक्त शुल्कबाहेक अन्य शुल्क लिन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलन स्थगित गरेका हुन्।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसँग हिजो भएको छलफलमा सरकारले केही कदम चाल्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो। निजी विद्यालयहरुको छाता संगठन प्याव्सनका अध्यक्ष टिकाराम पुरीले शिक्षामन्त्री पौडेलले आफूहरुको माग पूरा गराउन थप छलफल गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको जानकारी दिए।
प्याब्सन र एन-प्याब्सनले वैशाख महिनाको शुल्क मिनाह गर्ने तर जेठदेखिको शुल्क लिन पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए।
Facebook Comments


























