काठमाडौं, असार २२ । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
योसँगै सिन्धुपाल्चोकमा ४९ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये २० जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ।
Facebook Comments


























