हेटौँडा, असार २१ । मकवानपुरमा अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई छुट्टै घटनामा १ सय ९८ केजी अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौंडा उपमहानगरपालिका– १५ को रातोमाटे चेकपोष्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६९७४ नं. को ट्यांकरको तेल राख्ने चेम्बरबाट १ सय २८ केजी अवैध गाँजा फेला परेको हो।
ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका– २३ बस्ने २७ वर्षीय एमामुल हक देवान र ट्यांकरमा यात्रा गर्ने सोही ठाउँका २४ वर्षीय मोहरबन अन्सारीलाई ट्यांकरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका– ६ लोथरखोलाको गोरेटो बाटोमा राती प्लाष्टिकको पोकाहरु लिएर हिँडीरहेको अवस्थामा ७० केजी अवैध गाँजासहित चितवनको राप्ति नगरपालिका– ११ का ३५ वर्षीय शिव तामाङ्गलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


























