असार २१ । गएराति भएको जर्मन कपको फाइनल खेलमा बायर्न म्युनिखले बायार लेवरकुसनलाई ४-२ गोलले पराजित गर्दै उपाधि जितेको छ। बायर्नलाई सानदार जित दिलाउन यस सिजन उच्च फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे।
बायर्नलाई कडा टक्कर दिन कोशिस गरेको लेवरकुसनका लागि काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल गर्न सफल भए।
बायर्नका लागि खेलको १६ औं मिनेटमा अल्बाले गोल गरे। बायर्नका लागि खेलको २४ औं मिनेटमा सेर्गीले गोल गरे। खेलको ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे। खेलमा फर्कन हरसम्भव प्रयास गरेको लेवरकुशानका लागि ६३ औं मिनेटमा बेन्डेरले गोल गरे।
खेलको ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे। खेलको अन्तिम समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल गरे। सानदार जित हात पारेको बायर्नले २० औं पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ। गएको सिजन पनि बायर्नले जर्मन कपको उपाधि जितेको थियो। २० पटकसम्म जर्मन कपको उपाधि जित्ने जर्मनमात्र एक्लो टिम हो। एजेन्सी


























