काठमाडौं, असार २० । लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ।
हिजो (शुक्रबार) सम्म विदेशमा ज्यान गुमाएका १ सम्म १५ जना युवाको शव स्वदेश ल्याइ मृतकका परिवारलाई बुझाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
त्यस्तै १३२ जनाको शव गन्तव्य मुलुकमा नै अन्त्यष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए।
हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा शव ल्याइ मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।
उनकाअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी छन्।
बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ शव व्यवस्थापन गर्न बाँकी रहेका छन्।



























