हेटौँडा, असार २० । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायकिरुपमा सिस्नु खेती शुरु भएको छ। उक्त गाउँपालिकाको किसान समूहले सुकाउरामा बाँझो जमिनको झाडी फाँडेर सिस्नु खेती शुरु गरेको सो गाउँपालिकाकाले जनाएको छ। गाउँपालिका–७ का आधा दर्जन किसानले उक्त खेती गरेका हुन्। गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करिब एक बिघा जमिनमा सिस्नुको गानो रोपिएको जानकारी दिए।
सिस्नु खेती गर्न गाउँपालिकाले रु एक लाख चालु आर्थिक वर्षमा दिएको छ। किसानले सिस्नुको धूलो बिक्री गर्ने लक्ष्य राखेर पहिलोपटक यसको खेती गरेका हुन्। किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए।
यसैबीच हेटौँडा–६ को चौघडार शान्तिचौकका पाँच युवाले व्यावसायकि तरकारी खेती गरेका छन। रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखमा तरकारी खेती सुरु गरिएको बताइएको छ। विषादीरहित तरकारीमा उपभोक्ताको चाहना र माग अत्यधिक रहेकोले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछा, कुखुरा र बाख्रा पालनसमेत सञ्चालन गरेको उक्त कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिए। हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले त्यस कम्पनीको स्थालगत निरीक्षण गर्दै युवा पुस्ता व्यावसायिक कृषि कार्यमा लाग्नु उदाहरणीय भएको बताए। साथै उनले वडासमेतबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। रासस



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






