मुम्बई, असार २० । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस लकडाउन घोषणा भएदेखि सलमान खानको पनवेलस्थित फार्महाउसमा बसिरहेकी थिइन्। तर अहिले उनले सलमानको फार्महाउस छोडेको खबर आएको छ।
ज्याकलिन यो अप्ठ्यारो समयमा आफ्नी साथीलाई सहयोग गर्न उनीसँगै गएको खबर छ। उनी आफ्नी नजिककी एक साथीसँग दैनिक कुराकानी गर्थिन्। उनी लकडाउनको समयमा मुम्बईमा एक्लै बस्दै आएकी थिइन्। कुराकानीको क्रममा आफ्नी साथी तनाबमा रहेको जानकारी पाएपछि उनी राता रात सलमानको फार्महाउस छोडेर साथीसँग बस्न गइन्।
ज्याकलिन त्यतिबेलासम्म साथीसँगै बस्नेछिन् जबसम्म उनी ठीक हुने छैनन्। महाराष्ट्र सरकारले लकडाउन ३१ जुलाईसम्म बढाएको छ। यो समयमा आफ्नी साथीलाई एक्लोपनबाट बचाउन उनले यो निर्णय गरेकी हुन्। एजेन्सी
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











