काठमाडौं, असार २० । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिएका छन्।
अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन्। रासस
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








